सेमिफाइनमा सहजै प्रवेश
भरतपुर । क्याम्पाचौरमा जारी जेसीज कप फुटबलमा नेपाल पुलिस क्लब सरस्वती क्लब काठमाडौंलाई पराजित गर्दै ५–० गोल फराकिलो अन्तरले विजयी भएको छ । यो जितसँगै नेपाल पुलिस क्लब सोझै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको १ मिनेटमै पुलिस क्लबका जर्सी नम्बर ९ का सुमन लामाले खाता खोलेका थिए । खाता खोलेसँगै पुलिस क्लबले पछाडि फर्केर हेर्न परेन । लामाले दोस्रो हाफको ३३ र ३९ औँ मिनेटमा पुनः गोल गरेका थिए । खेलमा ह्याट्रिक गरेका लामा ‘म्यान अफ दी म्याच’ बनेर नगद १० हजार पुरस्कार प्राप्त गरेका थिए ।
उक्त खेलमा पुलिसका निरकुमार राई र हेम तामाङले एक एक गोल गरेका थिए ।
प्रतियोगिता विजयी टिमले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिए ।
प्रतियोगिताको आजको खेल सशस्त्र प्रहरी बल एपीएफ र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजक टिमका सूर्यभक्त अधिकारीले बताए ।
- ADVERTISEMENT -

नेपाल पुलिस क्लबको सामू सरस्वती क्लब निरीह
October 19, 2019

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
