Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

क्याम्पाचौरमा महिला फुटबल प्रतियोगिता हुने

प्रकाशित मिति : २०७६ मंसिर १५ गते

नारायणगढ । नारायणगढको क्याम्पाचौरमा चितवन जिल्ला फूटबल संघको आयोजनामा मंसिर १७ गतेदेखि स्व. जगदीश खड्का स्मृति महिला फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ ।
प्रतियोगितामा प्रदेश नम्बर २, ३ र ४ का ४ जिल्लाबाट ८ वटा टिम सहभागी हुनेछ भने उक्त खेल ४ दिन चल्नेछ । चितवनबाट मात्रै ३ टिमको सहभागिता रहनेछ । पञ्चकन्या महिला टिम ‘ए’, पञ्चकन्या महिला टिम ‘बी’ र हानमी एभरेष्ट क्लब चितवन सहभागी हुनेछन् ।
त्यस्तैगरी प्रदेश ३ बाटै मकवानपुर महिला टिम, प्रदेश २ बाट बागमती फुटबल क्लब सर्लाही तथा प्रदेश ४ को नवलपुरबाट भेंडाबारी महिला टिम, बरचुली मा.वि. र अभिषेक चर्च रजहर सहभागी हुने प्रतियोगिताका संयोजक प्रविन जोशीले बताए ।
प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएका छन् भने फाइनल खेल मंसिर २० गते हुनेछ । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार र ट्रफी पाउने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट फरवार्ड, डिफेण्डर र गोलकिपरलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । हरेक म्याचका प्लेयर अफ दी म्याचलाई २ हजार नगद दिइनेछ ।
अखिल नेपाल प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष विनोद लामाले महिला फुटबलमा सम्भावना धेरै भए पनि खेलाडीलाई सुविधा र अवसर कम भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80