२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

क्याम्पाचौरमा महिला फुटबल प्रतियोगिता हुने

प्रकाशित मिति : २०७६ मंसिर १५ गते

नारायणगढ । नारायणगढको क्याम्पाचौरमा चितवन जिल्ला फूटबल संघको आयोजनामा मंसिर १७ गतेदेखि स्व. जगदीश खड्का स्मृति महिला फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ ।
प्रतियोगितामा प्रदेश नम्बर २, ३ र ४ का ४ जिल्लाबाट ८ वटा टिम सहभागी हुनेछ भने उक्त खेल ४ दिन चल्नेछ । चितवनबाट मात्रै ३ टिमको सहभागिता रहनेछ । पञ्चकन्या महिला टिम ‘ए’, पञ्चकन्या महिला टिम ‘बी’ र हानमी एभरेष्ट क्लब चितवन सहभागी हुनेछन् ।
त्यस्तैगरी प्रदेश ३ बाटै मकवानपुर महिला टिम, प्रदेश २ बाट बागमती फुटबल क्लब सर्लाही तथा प्रदेश ४ को नवलपुरबाट भेंडाबारी महिला टिम, बरचुली मा.वि. र अभिषेक चर्च रजहर सहभागी हुने प्रतियोगिताका संयोजक प्रविन जोशीले बताए ।
प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएका छन् भने फाइनल खेल मंसिर २० गते हुनेछ । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार र ट्रफी पाउने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट फरवार्ड, डिफेण्डर र गोलकिपरलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । हरेक म्याचका प्लेयर अफ दी म्याचलाई २ हजार नगद दिइनेछ ।
अखिल नेपाल प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष विनोद लामाले महिला फुटबलमा सम्भावना धेरै भए पनि खेलाडीलाई सुविधा र अवसर कम भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81