काठमाडौं । त्रिपुरेश्वर दशरथ रंगशालामा जारी १३औं दक्षिण एसियाली फुटबल (साग) मा नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । समग्रमा नेपाल सागको छैटौं पटक फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले पछि पार्दै नेपालले भुटानसँगको फाइनल खेल पक्का गरेको छ । स्वर्णका लागि नेपाल भुटानसँग मंगलबार भिड्ने छ ।
नेपालका लागि सुनिल बलको गोलले बंगलादेश विरुद्ध ११औं मिनेटमा नै सहज अग्रता लिन सफल भएको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले मीठो गोल गर्न सफल भएका थिए । खेलमा नेपाललाई जित दिलाउन सुनील बलको गोल निर्णायक नै बन्यो । जितसँगै नेपाल १० अंक जोडेर समूह विजेता बन्यो । दोस्रो बनेको भुटानको ९ अंक रहेको छ ।
पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । बंगलादेश अवसर पाए पनि गोलमा परिणत गर्न सफल देखिएन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १–० कै अन्तरमा खेल जित्यो ।
यसअघि नेपालले सन् २०१६, १९९३ र १९८४ मा साग फुटबलको उपाधि जितेको थियो । सन् १९८७ र १९९९ मा भने नेपाल फाइनल पुगेर पनि चुकेको थियो । नेपालले मंगलबार साँझ पाँच बजे दशरथ रंगशालामा हुने फाइनल जिते साग इतिहासमा सबैभन्दा सफल टिमको इतिहास बनाउने छ ।
सागमा पाकिस्तानले सबैभन्दा बढी ४ पटक स्वर्ण जितेर हालसम्म इतिहास कायम राखेको छ । नेपाल र भारतले ३–३ पटक उपाधि जितेका छन् ।
December 8, 2019
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -