२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

फागुन २१ बाट प्रथम परेवाकोट पर्यटन महोत्सव

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते

राप्ती । पूर्वी चितवनमा परेवाकोट पर्यटन महोत्सव हुने भएको छ । फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म चल्ने महोत्सव मूल समारोह समितिका संयोजक सानुबाबु बर्तौलाले सोमबार पत्रकार भेटघाटमा बताए ।
बर्तौलाका अनुसार महोत्सवमा गिठ्ठाको मम, सिस्नुको परिकार, युवा वैज्ञानिक सरोज प्रजाले आविश्कार गरेका कार तथा प्यारामोटरहरुको प्रदर्शनी लगायतका रहेका छन् । जीप सफारी, घोडासयर र आर्कषक सेल्फी खिच्ने ठाउँको व्यवस्था पनि मिलाइएको संयोजक बर्तौलाले जानकारी दिए ।
भ्रमण वर्ष, राप्तीको पर्यटन, आर्थिक, सामाजिक विकास गर्ने उद्देश्य तथा राप्ती नगरभित्रका पर्यटकीय स्थलहरु परेवाकोट, कमिनचुली, नागदह, भास्मणि तालको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको हो ।
राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले महोत्सवले राप्ती नगरभित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने तथा महोत्सवलाई सहयोग गर्ने बताए । वडा नं १ का वडाध्यक्ष सिद्धिलाल स्याङतानले परेवाकोटको विकासको लागि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण सुरु भएको बताए ।
परेवाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले परेवाश्वरी सामुदायिक वन, लोथर मध्यवर्ती उपभोक्ता समिति, युवा जागृति क्लव र बुलबुल इन्टरटेन्टमेन्ट एण्ड मिडिया प्रा.लि.ले सयुक्त रुपमा महोत्सवको आयोजना गरेको हो । महोत्सवमा ५० लाख खर्च लाग्ने र एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको आयोजकले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20