March 16, 2025
- ADVERTISEMENT -

कोरोनाबाट एकै परिवारका ८ जना निको

April 29, 2020

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट एकै परिवारका ८ जना निको भएका छन् । भारतको मुम्बइमा बस्दै आएका नेपाली परिवारका आठ जना कोरोनामुक्त भएको हो । उनीहरुलाई गत चैत्र महिनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । उनीहरु अछाम घर भइ हाल मुम्बई बस्दै आएका हुन् ।
उनीहरुसँगै घरमुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण भएको हो । साढे तीन साताको लामो अस्पताल बसाइपछि निको भइ हाल मुम्बइस्थित घरमा आराम गरिरहेको बीबीसी न्युज नेपालीले बताएको छ । उनीहरुले स्वास्थ्य लाभ गरेपछि अर्को जीवन पाएको बताएका बीबीसीले जनाएको छ ।

- ADVERTISEMENT -