April 29, 2025

मेडिकल कलेजद्वारा प्रहरीलाई कोरोना सुरक्षा सामग्री

April 30, 2020
- ADVERTISEMENT -

भरतपुर\चितवन । चितवन मेडिकल कलेज अफ साइन्सेस (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालय चितवनलाई कोरोना सुरक्षा सामग्री प्रदान गरेको छ ।
मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र सिनियर मेनेजर दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।
कोरोना भाइरसको उत्तिकै जोखिममा सुरक्षाकर्मी रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाग्री प्रदान गरिएको सिनियर मेनेजर न्यौपानेले बताए ।
उनका अनुसार प्रहरीलाई ४ हजार ४ सय थान ग्लोब्स, दुईसय थान सर्जिकल मास्क, प्रदान गरिएको हो । आगामी दिनमा पनि मेडिकल कलेजले आवश्यकता अनुसार स्वास्थ्य सामग्री उपलब्ध गराइने उनले बताए ।
यस्तै लक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३ सय थान कपडाको मास्क प्रदान गरेको थियो ।

- ADVERTISEMENT -