भरतपुर । कोरोना भाइरसबाट बुधबारसम्म विश्वभर १४ लाख ३४ हजार ३५६ जनामा संक्रमण देखिएको डब्लुएओ (विश्व स्वास्थ्य संगठन)ले जनाएको छ । डब्लुएचओका अनुसार कोरोनाबाट ३ लाख २ हजार ४६५ जनाको सफल उपचार पश्चात घर फर्केका छन् भने ८२ हजार १ सय ४८ जनाको मृत्यु भएको छ । संक्रमित ४७ हजार ७ सय बढीको अवस्था गम्भीर रहेका छन् ।
कोरोनाबाट हालसम्म नेपालमा २ हजार १ सय २२ जनाको स्वास्थ्य परीक्षणमा ९ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा १ जना स्वस्थ भई घर फर्किसकेको छ र अन्य ८ जनाको सामान्य अवस्थामा उपचार भइरहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार कैलालीका ३ जना, काठमाडौंका ३ जना, बाग्लुङका २ जना र कञ्चनपुरको १ जना रहेको बताइएको छ ।
यसैगरी भारतमा ५ हजार ३ सय ११ जना कोरोना संक्रमण भएका छन् । १ सय ५० जनाको मृत्यु भएको छ भने ४ सय २१ जना उपचारपछि घर फर्किसकेका छन् । पाकिस्तानमा पनि ४ हजार बढी जनालाई संक्रमण भएकोमा ५७ जनाको मृत्यु भएका छन् । यस्तै बंगलादेशमा पनि १ सय ६४ जना संक्रमण भएको र १७ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा बुधबारसम्म ४ लाख संक्रमित नाघेको पुष्टि भएको छ । १२ हजार ८ सयभन्दा बढी मृत्यु भएको छ भने २१ हजार बढी स्वस्थ भई घर फर्केका छन् ।
त्यसैगरी इटलीमा १ लाख ३५ हजारभन्दा बढी मानिसलाई संक्रमण देखिएको छ । १७ हजार बढीको मृत्यु भएको छ भने २४ हजार बढी मानिस निको भई घर फर्केका छन् । स्पेनमा १ लाख ४१ हजार बढी संक्रमित नाघेको छ भने १४ हजार बढीले ज्यान गुमाएका छन् । ४३ हजार बढी निको भई घर गएका छन् । जर्मनीमा १ लाख ७ हजारलाई संक्रमण भएको छ भने २ हजार बढीको मृत्यु भएको छ । ३६ हजारभन्दा बढीमा उपचार सफल भएको छ ।
यस्तै फ्रान्समा १ लाख ९ हजारभन्दा बढी संक्रमित भएका छन् । १० हजारभन्दा बढीको मृत्यु भएको छ भने १९ हजारभन्दा बढी उपचारपछि निको भई घर गएका छन् । चीनमा ८१ हजार ७ सय बढी संक्रमित छन् भने ३ हजार ३ सय ३१ जनाको मृत्यु भएका छन् ।
इरानमा ६२ हजार ५ सय बढी संक्रमित छन् भने ३ हजार ८ सय ७२ जनाको मृत्यु भएका छन् । बेलायतमा ५५ हजारलाई कोरोना संक्रमण भएको छ । ६ हजार १ सयभन्दा बढीको मृत्यु भएका छन् । स्वीटरजरल्याण्डमा २२ हजार २ सयभन्दा बढीलाई संक्रमण भएको छ । ८ सय २१ जनाको मृत्यु भएका छन् ।
टर्कीमा ३४ हजार बढीलाई संक्रमण भएको र ७ सय २५ जनाको ज्यान गएको छ । बेल्जियममा २२ हजार जनामा कोरोना संक्रमण भएको छ भने २ हजार ३५ जनाले ज्यान गुमाएका छन् । नेदरल्याण्डमा १९ हजार बढी संक्रमित छ भने २ हजार १ सय १ जनाको मृत्यु भएको छ । क्यानडामा १७ हजार बढी संक्रमित र ३ सय ४५ जनाको मृत्यु भएको छ ।
यसैबिच चीनको बुहानमा लगाइएको लकडाउन हटाइएको जनाएको छ भने यातायात पुनः सञ्चालनमा आएका छन् ।
- ADVERTISEMENT -

कोरोनाका कारण विश्वभर १४ लाख ३५ हजार मानिस प्रभावित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












