February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशव्यापी आपतकाल घोषणा – जापान

April 17, 2020

काठमाडौं । कोरोनाको महामारी देशमा बढ्दै गएपछि जापान सरकारले देशव्यापी आपतकाल घोषणा गरेको छ । उक्त आपतकालीन अवस्था आउँदो मे ६ सम्म जारी रहने जापान सरकारकोे निर्णय रहेको छ ।
सो निर्णयसँगै अब गभर्नरहरूले नागरिकलाई घरमै बस्ने आदेश दिन पाउने भएको हो । तर यसका लागि बाध्यकारी कानुन लागू गर्न वा सजाय व्यवस्था गर्न भने पाउने छैनन् ।
यसअघि अप्रिल ८ मा प्रधानमन्त्री शिन्जो आबेले देशका ७ क्षेत्रमा मात्र आपतकाल घोषणा गरेका थिए । जापानमा हालसम्म कोरोनाबाट १ सय ७८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८ हजार ६२६ पुगेको छ ।

- ADVERTISEMENT -