February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकै दिन बढ्यो १७, भयो संक्रमित ९९ जना

May 6, 2020

काठमाडौं । पर्सामा आज बुधबार एकैदिन १७ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ९९ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २ महिनाको शिशुदेखि ६६ वर्षका मानिसमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना निको भएर डिस्चार्ज भएका काठमाडौं, रौतहट र पर्साका एक÷एक जना पुरुषको समेत पुनः परीक्षणमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
उदयपुरका ६ जना कोरोनामुक्त भएका छन् । छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको पुष्टि गरेपछि घर पठाइएको कोशी अस्पताल प्रशासनले जनाएको छ । योसँगै निको हुनेको संख्या २२ पुगेको छ ।

- ADVERTISEMENT -