February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित पुग्यो १०९, निको भए ३१ जना

May 9, 2020

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेमा उदयपुर ३, कपिलवस्तु ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उदयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७, १८ र १८ वर्षका पुरुषमा र पर्साको छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
उनीहरुको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणका निको भई ३१ जना घर फर्किसकेका छन् ।

- ADVERTISEMENT -