काठमाडौँ । विश्वव्यापी रुपमा फैलिरहेको कारोना नेपालमा मंगलबार थप १२ जनामा पुष्टि भएको छ । सुर्खेतमा १२ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेमा वीरेन्द्रनगरका ८, भेरीगंगाका २ र सिम्ताका २ जना रहेका छन् ।
यसैगरी कोरोनालाई जितेर निको भई घर फर्कनेको संख्या ११२ पुगेको छ । यसअघि आइतबार राति ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए भने सोमबार ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नारायणी अस्पतालमा कोरोना संक्रमित नभएको अस्पतालले जनाएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ जना रहेका छन् ।
- ADVERTISEMENT -

संक्रमित ७०१ पुग्यो, निको ११२ जना
May 26, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
