April 29, 2025

‘मैच्याङ तिम्रो रुपैले …’ पोष्टर सार्वजनिक

June 5, 2020
- ADVERTISEMENT -

भरतपुर । हेटौंडा म्यूजिक क्रियशन प्रा.लि. ले ‘मैच्याङ तिम्रो रुपैले …’ म्यूजिक भिडियोको पोष्टर सार्वजनिक गरेको छ । दर्शकहरुको मनोरन्जनलाई मध्यनजर गर्दै क्रियशन प्रा.लि.ले ‘मैच्याङ तिम्रो रुपैले …’ म्यूजिक भिडियो निर्माण सुरु गरेको लोक दोहोरी गायिका बालिका तामाङले जानकारी दिए ।
हाल देशको विषम परिस्थितिका कारण निर्माण कार्य ढिलाई भइरहेको भए पनि अन्य काम सकिएको र लकडाउन खुले लगत्तै गीत रेकर्डिङ र सुटिङको काम छिट्टै सक्ने योजना भएको गायिका तामाङको भनाइ छ । भिडियोमा स्वर स्वयम् लोकगायिका तामाङ तथा आकाश लामाको रहने भएको छ ।
गीतको शब्द तथा बोल आकाश लामाको रहेको छ भने म्यूजिक छिरिङ दोर्जे लामाको हुने लोकगायिका तामाङले बताए । सबै काम अन्तिम चरणमा भइसकेको र छिट्टै दर्शकमाझ ल्याउने तयारी भइरहेको उनले भने ।

- ADVERTISEMENT -