२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

इच्छाकामना गाउंँपालिकालाई आर्थिक सहयोग प्रदान

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते

भरतपुर, चितवन । इच्छाकामना गाउंँपालिकालाई प्रजातान्त्रिक विचार समाज चितवनले ५१ हजारको चेक हस्तान्तरण गरेको छ । समाजले चितवनको एकमात्र गाउंँपालिकालाई क्वारेण्टाइन व्यवस्थापन र दैनिक ज्याला मजदुरको लागि सहयोग पुर्याउने उद्देश्यले संस्थाका अध्यक्ष डा देवीप्रसाद कंडेलसहितले गाउंँपालिकाका अध्यक्ष गीता गुरुङ्गलाई चेक हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष डा कंडेलले सरकारले पर्याप्त रुपमा कोरोना भाइरसको जोखिम न्यूनीकरणमा खासै ध्यान दिन नसकेको अवस्थामा क्वारेटाइन व्यवस्थापन सहज पुगोस् भन्ने हेतुले सहयोग गरिएको बताए । ‘यो गाउंँपालिका चितवनको विकट ठाउंँ हो, त्यहांँ श्रोतसाधन पनि कम छ । पिछडिएका वर्गको बाहुल्यता छ ।’ डाक्टर कंडेलले भने । विगतमा पनि अध्यक्ष गुरुङ्गले पहल गरेको अलपत्रहरुको उद्धार कार्यको प्रशंसा गर्दै यो सहयोगबाट थप उर्जा मिल्ने उनले विश्वास व्यक्त गरे ।
गाउंँपालिकाका अध्यक्ष गुरुङ्गले यो सहयोगले आफूलाई थप दायित्व र उर्जा मिलेको बताइन् । गाउंँपालिकामा आन्तरिक श्रोत साधन कम भएको र बिशेषगरी पिछडिएका वर्ग बस्ने भएकोले उनीहरुको लागि दैनिक उपभोग्य वस्तु तथा क्वारेण्टाइनमा बस्ने व्यत्तिहरुको लागि खर्च गरिने उनले बताइन् । ‘विभिन्न संस्थाहरुबाट नगद तथा जिन्सी सामान सहयोग प्राप्त हुदै आएको छ उनले भनिन्, गाउंँपालिकामा रोग तथा भोकले कोही नमरुन भन्ने हाम्रो उद्देश्य हो ।’
उनका अनुसार विदेशबाट आएका क्वारेण्टाइन र ज्याला मजदुरको राहतको लागि खर्च गरिने छ । हालसम्म गाउंँपालिकाले त्यहांँ रहेका ४ हजार ५ सय ज्याला मजदुरलाई राहत वितरण गरिसकेको छ ।
समाजका सचिव सुरेशचन्द्र आचार्यले गाउंँपालिकामा रहेका काम र माम नपाएका ज्याला मजदुरलाई लक्षित गर्दै उक्त पालिका छनौट गरिएको बताए । हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि समाजका केन्द्रीय उपाध्यक्ष डाक्टर ईश्वरीराज लौडारी, वागमती प्रदेश संयोजक भरत दवाडी तथा संस्थाका पदाधिकारी एवं डाक्टर, वकिल, प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83