January 15, 2025
- ADVERTISEMENT -

राक्सिराङ्गमा पुनः सुरु भयो नदिजन्य पदार्थ उत्खनन्, नेकपाको विरोध

June 6, 2020

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका क्षेत्रमा नदिजन्य पदार्थको उत्खनन् पुनः सुरु गरिएको छ । केही दिनअघि मापदण्ड विपरित बढी परिमाण उत्खनन् भएको हुनसक्ने भन्दै जिल्ला अनुगमन समितिले उत्खनन्मा रोक लगाएको थियो । उत्खनन् वैज्ञानिक नभएको गुनासो बढेको भन्दै समितिले थप प्राविधिक नापजाँचका लागि डिभिजन वन कार्यालय मनहरीका प्रमुख दिर्घनारायण कोइरालाको नेतृत्वमा उपसमिति बनाई अनुगमन गर्न निर्देशन दिइएको थियो । उपसमितिले राक्सिराङ्ग गाउँपालिका क्षेत्रको उत्खनन् गरिएका विभिन्न क्षेत्रमा नापजाँच गर्दा मापदण्ड विपरीत नरहेको पाइएको कोइरालाले जानकारी दिए । उनले सम्झौताअनुसार अझै १४ हजार ५ सय ६३ घनमिटर उत्खनन् गर्न बाँकी देखिएको बताए ।
सुरु भयो उत्खनन्
राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मंगलबारबाट पुनः उत्खनन् सुरु गरिएको बताए । उपसमितिले दिएको प्रतिवेदनका आधारमा जिल्ला अनुगमन समितिले उत्खनन् गर्न अनुमति दिएलगतै ठेकेदार कम्पनीले उत्खनन् थालिसकेको उनले बताए । नियमअनुसार जेष्ठ मसान्तभित्र सम्पूर्ण नदिजन्य पदार्थ उत्खनन् कार्य सक्नुपर्ने भएकाले तिव्र गतिमा काम भइरहेको उनको भनाइ छ । उनका अनुसार बाँकी परिमाणको उत्खनन् तोकिएकै अवधिभित्र सम्पन्न हुनेछ । उत्खनन्को जिल्ला अनुगमन समिति तथा स्थानीय निकायको समन्वयमा दैनिक रुपमा अनुगमन गरिने उनले बताए । उत्खनन्का लागि आरबी अरवान विल्डर्स एण्ड सप्लायर्स प्रालिले २ करोड ७५ लाख ९५ हजारमा ठेक्का पाएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले करिब ५१ हजार घनमिटर नदिजन्य पदार्थ उत्खनन गर्न पाउने छन् ।
नेकपाका नेताहरु भन्छन ः उत्खनन् अवैज्ञानिक छ
नेपाल कम्युनिष्ट पार्टीका नेताहरु भने राक्सिराङ्ग गाउँपालिकाको खोला क्षेत्रमा भइरहेको उत्खनन् अवैज्ञानिक रहेको दाबी गर्छन् । नेकपा जिल्ला सचिवालय सदस्य तथा पूर्व माननीय गोविन्दराम चेपाङ्गले अनुगमन उपसमितिले नाँपजाँच गर्दा विभिन्न क्रसरको चलानी नै नहेरेको दाबी गरे । विभिन्न क्रसरहरुमा तोकिएको भन्दा बढी परिमाणमा नदिजन्य पदार्थ पु¥याइएको उनको भनाइ छ । उनले विवाद सिर्जना भइसकेपछि गाउँपालिकाले सर्वदलीय बैठक बोलाएर समाधान खोज्नुपर्ने माग गरे । गाउँपालिकाले त्यो आँट गर्न नसकेको उनको आरोप छ । उनले उत्खनन् गरिने ढुङ्गा, गिटी, बालुवालगायतलाई ‘सेतो गाँजा’ को संज्ञा दिदै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । केही नेकपा नेताहरुले समेत उत्खनन् अवैज्ञानिक र मापदण्ड विपरीत भएको भन्दै ठेकेदारलाई काम रोक्न आग्रह गरेका थिए । अन्य स्थानीयलेसमेत खोला क्षेत्रमा ठूलाठूला खाडलहरु बनेको, कज्वे सडक प्रभावित हुने गरी उत्खनन् गरिएको र प्राकृतिक सम्पतिमा अस्वभाविक क्षति पुगेको गुनासो गर्दै आएका छन् ।
विरोधका कारण उत्खनन्मा ढिलाई ः अध्यक्ष मल्ल
गाउँपालिका अध्यक्ष मल्लले राजनीतिक प्रतिशोधका कारण विरोध हँुदा उत्खनन्मा ढिलाई भएको बताए । गत वर्ष माघ २० गते सम्झौता भई उत्खनन् थालिएकोमा चैत्र ११ गतेदेखि लकडाउनका कारण काम रोकिएको थियो । बैशाख अन्तिमबाट पुनः उत्खनन् सुरु गरिए पनि विभिन्न व्यक्तिले बिरोध गर्न थालेपछि काम प्रभावित बनेको उनको भनाइ छ । विभिन्न व्यक्तिले राजनीतिक पहँुचका आधारमा अनुगमन समितिलाई समेत दबाब दिएर काम रोक्ने प्रयास गरिएको उनले बताए । कुनै असन्तुष्टि वा गुनासो भएमा गाउँपालिका कार्यालय आउन सक्ने बताउँदै उनले सिधै जिल्ला समन्वय समिति वा जिल्ला प्रशासन कार्यालयमा दबाब दिनु उचित नभएको बताए । अब बाँकी रहेको समयमा भने उत्खनन कार्य तिव्र गतिमा निरन्तर हुने उनको भनाइ छ ।
–बुलबुल खबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -