June 25, 2024

संक्रमित थप ४२५, पुग्यो ५७६०, निको ९७४ जना

June 14, 2020

काठमाडौँ । नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमित पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा थप ४२५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमा ९७४ जनाले कोरोना जितेर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लोसमय ६१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । आइतबार रुकुमपूर्व पनि थपिएको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७३ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -