April 22, 2025

गण्डकीमा थप ५३, संक्रमित पुग्यो ५९३ जना

June 23, 2020
- ADVERTISEMENT -

पोखरा । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १७, स्याङ्जाका ९, बाग्लुङका ८, गोरखाका ११, लमजुङका ५, पर्वत, नवलपुर र कास्कीका एक एक जना रहेका छन् ।
उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा विनोद विन्दु शर्माले बताए । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ९३ पुगेको छ ।

- ADVERTISEMENT -