May 20, 2024

थप ५९३, पुगे ११ हजार ७५५ जना संक्रमित

June 26, 2020

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए ।
योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -