February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

July 6, 2020

चितवन । चितवनमा पाँच वर्षसम्मका बालबालिकालाई आज सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
कोरोनाको त्रासले गर्दा आज सोमबार र मंगलबार गरेर चितवनका महिला स्वास्थ्य स्वयंसेविकाले सात वटा स्थानीय तहमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छन् ।
चितवनका जिल्ला जनस्वास्थ्य प्रमुख दिपकप्रसाद तिवारीले स्वास्थ्य केन्द्रहरुमा भीडभाड गर्न नहुने भएकोले दुई दिन मात्र खुवाइने भनिए पनि धेरै दिनसम्म लगाएर स्वास्थ्य स्वयेंविकाले आफू अनुकुल भिटामिन‘ए’ र जुकाको औषधि खुवाउन सक्छन् । उनले चितवनमा अनुमानित ६१ हजार ८३५ जना बालबालिका ६ महिनादेखि पाँचवर्षसम्म रहेको जानकारी दिए ।
राष्ट्रियरुपमा चलेको यस अभियानमा देशभरका ७५३ वटै स्थानीय तहमा नजिकको खोप केन्द्र र वडा कार्यालयहरुमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाइरहेका छन् । देशभर करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण गत चैत २१ गते स्थगित गरिएको थियो ।

- ADVERTISEMENT -