March 16, 2025
- ADVERTISEMENT -

हावाबाट पनि कोरोना सर्न सकिदैँन भन्न गाह्रो – डब्लुएओ

July 8, 2020

काठमाण्डौ / विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाणित भएको नकार्न नसकिने बताएको छ।
डब्ल्युएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको र यसको अध्ययन अहिले पनि जारी रहेको बताएकी छन् । डब्ल्युएचओले खागारी भीडभाडका ठाउँमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने अवस्थालाई अस्विकार गर्न नसकिने जनाएको छ ।
डा.मारियाले कोरोनाको प्रसार रोक्न ठूलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउँदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन ।
यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गरेर डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताइसकेका थियो । –एजेन्सी

- ADVERTISEMENT -