April 13, 2024

थप ११६, संक्रमितको नाघ्यो १७ हजार

July 14, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १० हजार ३२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -