काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई रु ९६ हजार तीन सय घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको छ ।
ठेक्काको लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौँ तहका अधिकृत ओलीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको आयोगको टोलीले ओलीलाई अपराह्न साढे १२ बजेतिर पक्राउ गरेको हो । घटनास्थलको मुचुल्का गरी आवश्यक अनुसन्धानका लागि अधिकृत ओलीलाई सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेकोे छ ।
हतियारसहित भारतीय पक्राउ हतियारसहित नेपाल प्रवेश गरिरहेका एक भारतीयलाई इलाका प्रहरी कार्यालय नरैनापुरले आज पक्राउ गरेको छ । बाँके नरैनापुर गाउँपालिका वडा नं ४ घोडदौरिया नाकाबाट नेपाल प्रवेश गर्नेक्रममा सीमावर्ती क्षेत्र भारत श्रावस्ती जिल्ला बस्ने नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ परेका ती भारतीयका बारेमा थप अनुसन्धान भइरहेको छ । उनी गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोडमा समेत संलग्न रहेको आशङ्का गरिएको छ ।-
९६ हजार घुससहित नेपालगञ्जका उद्योग अधिकृत पक्राउ
July 16, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
