२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

९६ हजार घुससहित नेपालगञ्जका उद्योग अधिकृत पक्राउ

प्रकाशित मिति : २०७७ श्रावण १ गते

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई रु ९६ हजार तीन सय घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको छ ।
ठेक्काको लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौँ तहका अधिकृत ओलीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको आयोगको टोलीले ओलीलाई अपराह्न साढे १२ बजेतिर पक्राउ गरेको हो । घटनास्थलको मुचुल्का गरी आवश्यक अनुसन्धानका लागि अधिकृत ओलीलाई सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेकोे छ ।
हतियारसहित भारतीय पक्राउ हतियारसहित नेपाल प्रवेश गरिरहेका एक भारतीयलाई इलाका प्रहरी कार्यालय नरैनापुरले आज पक्राउ गरेको छ । बाँके नरैनापुर गाउँपालिका वडा नं ४ घोडदौरिया नाकाबाट नेपाल प्रवेश गर्नेक्रममा सीमावर्ती क्षेत्र भारत श्रावस्ती जिल्ला बस्ने नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ परेका ती भारतीयका बारेमा थप अनुसन्धान भइरहेको छ । उनी गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोडमा समेत संलग्न रहेको आशङ्का गरिएको छ ।-

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66