January 14, 2025
- ADVERTISEMENT -

थपिए १८६ संक्रमित, १७३ जना डिस्चार्ज

July 20, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ११ हजार ८६८पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६६.५१ प्रतिशत संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाईसकेका छन् । यस्तै, मुलुकका ७ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा गौतमकाअनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।
नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ४ हजार २१६ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार ३२८ छ । रेडजोनमा ५२९ जना रहेका छन् । हाल मुलुकका २७ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -