२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन सुरु

प्रकाशित मिति : २०७७ श्रावण ११ गते

चितवन / नेपालका कारोना संक्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेका छन्। पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।
अहिले नयाँ संक्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । आजभोलि देखिएका संक्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् ।
उनका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । ‘पहिले देखिएका संक्रमितमा लक्षण देखिएको थिएन’, उनले भने, ‘तर अहिले देखिएका संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।’
लक्षण देखिएका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै संक्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका संक्रमित भएको बताए । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका संक्रमित रहेका छन् । उनका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन् । ‘अन्य ठाउँभन्दा यहाँ बढी नै लक्षण भएका संक्रमित उपचार गराउन आउँछन्’, उनले भने, ‘ती कतिपय संक्रमितलाई सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। विष्णुप्रसाद शर्माले पहिले भन्दा अहिले अस्पताल आउने संक्रमितमा लक्षण देखिन थालेका बताए । ‘पहिले अस्पतालमा भर्ना हुने संक्रमित लक्षणविहीन रहेका थिए’, उनले भने, ‘तर अहिले अस्पतालमा भर्ना भएका संक्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन् ।’ उनका अनुसार अहिले अस्पतालमा १५ जना संक्रमित भर्ना भएकामा तीन जनामा सामान्य लक्षण देखिएका छन् ।
अस्पताल भर्ना भएका सात जना संक्रमित भारतका रहेका छन् । ती संक्रमितमा हल्का ज्वरो आउने, रुघाखोकीका समस्या रहेका छन् । नेपालमा अहिलेसम्म १८ हजार ३७४ संक्रमितमध्ये ७०.५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन् । मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला रहेका छन् । अहिले पाँच हजार ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा ५.५ प्रतिशत सङ्क्रमण दर रहेको छ भने संक्रमितको मृत्यु दर ०.२ प्रतिशत र मृत्यु प्रतिदश लाखमा १.४ प्रतिशत रहेको छ । यसैगरी विश्वमा कोभिड–१९ का संक्रमितको संख्या एक करोड ५६ लाख ६६ हजार ८४० जना रहेका छन् । तीमध्ये ५४ लाख ७५ हजार १६३ जना (३४.९ प्रतिशत) सक्रिय संक्रमित रहेका छन् भने छ लाख ३६ हजार ७८७ जना कोभिड–१९ का कारणले मृत्यु भएका छन् । जुन कूल संक्रमितको ४.१ प्रतिशत हो। यस्तै ९५ लाख ५४ हजार ८९० जना निको भई घर फर्किसकेका छन्। जुन निको हुने ६१ प्रतिशत हो। रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68