Opens in a new tab
२०८३ कार्तिक २१, शुक्रबार
November 6, 2026
२०८३ कार्तिक २१, शुक्रबार
November 6, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

शुल्क वृद्धि कार्यान्वयन गर्न प्याव्सनको माग, आन्दोलन गर्ने चेतावनी [with video]

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते
Photo : Bina Tamang / newsprabah

चितवन / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) चितवनले भरतपुर महानगरपालिकाले गरेको निजी विद्यालयको शुल्क वृद्धि निर्णय कार्यान्वयन गर्न माग गरेको छ।

महानगरपालिकाले शुल्क वृद्धि गर्ने निर्णय स्थगन गरेपछि आपत्ति जनाउँदै प्याव्सन चितवनले बिहीबार पत्रकार सम्मेलन गरी निर्णय कार्यान्वयन नभए स्वघोषणामार्फत शुल्क वृद्धि गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

प्याव्सन चितवनका अध्यक्ष मदन पुरीले बढ्दो महँगी, विद्यालय सञ्चालन खर्च र शिक्षक–कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अवस्थाका कारण शुल्क समायोजन आवश्यक रहेको बताए। चार वर्षदेखि शुल्क समायोजन नभएको र यस अवधिमा १७.१ प्रतिशत महँगी बढेको उनको भनाइ छ।

भरतपुर महानगरपालिकाले २०८३ असोज २ गतेदेखि लागू हुने गरी निजी विद्यालयको शैक्षिक शुल्कमा औसत २७ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो। तर, कात्तिक १७ गते सामाजिक सञ्जालमार्फत उक्त निर्णय स्थगन गरिएको जानकारी गराएपछि प्याव्सनले विरोध जनाएको हो।

- ADVERTISEMENT -

Advertisement

महानगरको निर्णय अमान्य र अस्वीकार्य रहेको जनाउँदै प्याव्सनले नियमअनुसार गरिएको शुल्क समायोजनलाई निरन्तरता दिन माग गरेको छ। शुल्क वृद्धि नगरे विद्यालय सञ्चालन गर्न कठिन हुने अध्यक्ष पुरीले बताए।

https://www.facebook.com/share/v/1AAR8NSa22/

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.87
151.47
European Euro
1
169.46
170.13
UK Pound Sterling
1
203.11
203.92
Swiss Franc
1
184.60
185.33
Australian Dollar
1
105.79
106.21
Canadian Dollar
1
108.11
108.54
Singapore Dollar
1
118.17
118.64
Japanese Yen
10
9.53
9.57
Chinese Yuan
1
22.62
22.71
Saudi Arabian Riyal
1
40.19
40.35
Qatari Riyal
1
41.39
41.55
Thai Baht
1
4.51
4.53
UAE Dirham
1
41.07
41.24
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
11.25
11.29
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.67
22.76
Hong Kong Dollar
1
19.23
19.31
Kuwaity Dinar
1
490.08
492.03
Bahrain Dinar
1
399.89
401.48
Omani Rial
1
391.85
393.41