काठमाडौं / स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस संक्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहको परिस्थितिअनुसार विद्यालय खोल्ने तयारी गर्न विद्यालयलाई आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार सबै विद्यालयलाई खोल्न आग्रह गरिएको छैन, स्थानीय तहमा कोरोना भाइरसको संक्रमण नभएको, स्थानीय स्वास्थ्यकर्मी र शिक्षाविद्सँग आवश्यक परामर्श गरेर मात्र विद्यालय खोल्ने तयारी भइरहेको छ ।
सामाजिक दूरी कायम राख्ने कुरा चुनौतीपूर्ण भए पनि स्वास्थ्य सेवाका अन्य मापदण्ड पूरा गरेर भदौदेखि विद्यालय खोल्न सकिने श्रेष्ठले भनाई छ । नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले स्थानीय तहका विद्यालयमा रहेका क्वारेन्टाइन क्रमशः खाली हुँदै गएकाले परिस्थितिअनुसार विद्यालय खोल्ने आन्तरिक तयारी भएको बताउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसीप्रसाद थपलियाले नेपालका ४३ प्रतिशत विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी भएकाले विद्यालय खोल्दा खासै भीडभाड नहुने बताउनुभयो । उहाँका अनुसार कम विद्यार्थी भए पनि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भने नियमित सावधानी अपनाउनुपर्ने हुन्छ । यसका लागि कार्यविधि समेत बनाउने तयारी भइरहेको छ । -गोरखापत्र दैनिकबाट
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भदौदेखि विद्यालय खोल्ने आन्तरिक तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04













