साउन \ लायन्स क्लब अफ नारायणी सेन्ट्रल लायन बर्ष २०२०, २१ को लागि नेतृत्व कृष्ण लामालाई हस्तान्तरण गरिएको छ । नारायणगढमा एक कार्यक्रमका बीच सेन्ट्रलका संस्थापक अध्यक्ष एवं एमजेफ डासीराम ढकाल लामालाई आईतवार हस्तान्तरण गर्नुभएको हो ।
पद हस्तान्तरणपछि बोल्दै लामाले नवलपुर र चितवनका सबै लायन्स सदस्यहरुलाई समेटेर उचाईमा पुरयाउने बताउनु भयो । आगामी दिनमा क्लब सामाजिक रुपमा थप क्रियाशील हुंँदै अनुकरणीय काम गर्दै जाने उहांँले बताउनु भयो । ‘हामी सबै सदस्य कुनै न कुनै पेशा, व्यवसाय आबद्ध छौं, उहांँले भन्नुभयो, समाज रुपान्तरण र विकासको लागि हामीले केही न केही योगदान गर्नुपर्छ ।’ कार्यक्रमका प्रमुख अतिथि एवं एमजेफ लायन डासीराम ढकालले यस क्लबमा बढीभन्दा बढी सदस्यहरुलाई समेटेर सामाजिक कार्यमा घनिभूत रुपमा लाग्नुपर्ने बताउनु भयो ।
क्लबले गरीब विपन्न, पिछडिएका बर्गलाई उत्थान गर्न सदैब तत्पर रहनुपर्ने भन्दै ढकालले यसमा सबैको समन्वय र सहकार्य जरुरी रहेको बताउनु भयो ।
सो अबसरमा ढकाललाई प्रशंसापत्र र खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा एक्सेटेन्सन चेयर पर्सन एमजेएफ खोमकान्त रेग्मी , सेन्ट्रलका पूर्व अध्यक्ष एवं जिसटी लायन सुजन थापा क्षेत्री , सेन्ट्रलका प्रथम उपाध्यक्ष रामप्रसाद शर्मा, सचिव लालबहादुर भण्डारी र कोषाध्यक्ष समिक तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संयोजन र सहजीकरण सेन्ट्रलका द्धितीय उपाध्यक्ष अनन्तराज अधिकारीले गर्नुभएको हो । सेन्ट्रलले सामाजिक कामलाई अगाडि बढाउन साउन २२ गते मानवसेवा आश्रममा आश्रितलाई भोजन खुवाउने कार्यक्रमको आयोजना गर्न लागिएको अधिकारीले जानकारी दिनुभयो ।
लायन्स क्लब नारायणीको नेतृत्वमा लामा
August 3, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
