April 22, 2025

मास्क नलगाई हिँड्ने ७७३ जना कारवाहीमा

August 3, 2020
- ADVERTISEMENT -

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न स्थानमा गरी ७७३ जनालाई कारवाही गरेको छ । सार्वजनिक स्थानमा मास्क प्रयोग नगरी हिँड्ने, सामाजिक दूरी कायम नगर्ने ७७३ जनालाई कारवाही गरिएको प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार विभिन्न स्थानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने, नियम उल्लघंन गरी हिँड्ने व्यक्तिहरुलाई संक्रमण रोग, २०२० बमोजिम कारवाही गरिएको हो । उक्त कारवाहीबाट रु. १०० र ५०० जरिवाना लिइएको हो भने कूल संकलित रकम ८३,५०० भएको उनले बताउनुभयो ।
केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय चितवनले मास्क नलगाई हिँडनेलाई कारवाही गर्न निर्देशन दिएको थियो ।

- ADVERTISEMENT -