चितवन / चितवन प्रहरिले मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका मोटरसाईकलहरु र चोरीमा संलग्न तीन जनालाइ मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य थापाले बताए ।
शंकास्पद व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको बिषेश प्रहरी टोलीले चोरीका घटनाहरुमा संलग्न उनिहरुलाइ पक्राउ गर्नुका साथै चोरी भएका ४ थान मोटरसाईकलहरु समेत बरामद गरिएको प्रबक्ता थापाले बताए । पक्राउ परेका व्यक्तिहरुलाई चोरी कसुरमा जिल्ला अदालतबाट आइतबार म्याद थप गरी थप अनसुन्धान कार्य भईरहेको छ ।
प्रबक्ता थापाका अनुसार पक्राउ पर्नेहरुमा चितवन ईच्छाकामना गाउपालिका ७ गर्दास बस्ने ३० बर्सिय राम बहादुर गुरूङ,कालिका नगरपालिका ३ सिमलढाप बस्ने २७ बर्सिय योगेश वाईवा , कालिका २ पदमपुर बस्ने २८ बर्सिय सुरज गुरूङ रहेका छन ।
बरामद मोटरसाईकलहरु ना १३ प. ८५३८ नं.को होन्डा मोटरसाईकल (वास्तविक नम्बर ना ४१ प ९६०१) , ना ४१ प ९६०१ नं. को मोटरसाईकल , वनटेक्ट मोटरसाईकल (वास्तविक मोटरसाईकल नम्बर प्रदेश ३-०३-००१ प ४६८५) ,ना ६५ प ४९०७ नं.को मोटरसाईकल (वास्तविक मोटरसाईकल नम्बर स.१० प.१११८) रहेका छन ।
चितवन प्रहरिद्वारा मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ
August 4, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
