March 19, 2025
- ADVERTISEMENT -

महानगरले प्रकाशन गर्यो अभिभावक सहयोगी पुस्तिका

August 4, 2020
kalika

–प्रीति तामाङ
चितवन । भरतपुर महानगरपालिकाले बालबालिकाको सिकाई सहजीकरणका लागि अभिभावक सहयोगी पुस्तिका प्रकाशन गरेको छ । कोरोना संक्रमणका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप ठप्प भएपछि विद्यार्थीहरुलाई घरमै विभिन्न सिकाई क्रियाकलापमा अभ्यस्त गराउने उद्देश्य बमोजिम महानगरले सो पुस्तिका प्रकाशन गरेको हो ।
जिल्लामा रहेका सबै सामुदायिक विद्यालयका बाल विकास कक्षादेखि कक्षा ८ सम्मका सबै विद्यार्थीहरुका अभिभावकसम्म सो पुस्तिका पुर्याउन महानगरले निर्देशन दिएको छ ।
विद्यालयहरुका लागि आवश्यक संख्यामा पुस्तिका, स्रोत केन्द्र मार्फत वितरण गरी सकिएको शैक्षिक प्रशासन महाशाखा भरतपुर महानगरपालिकाका प्रमुख महेन्द्रप्रसाद पौडेलले बताउनुभयो ।
यसअघि महानगरले विद्यार्थीहरुको सिकाई सहजीकरणका लागि वैकल्पिक शिक्षणको रुपमा चितवनको एफ.एम. रेडियोबाट शिक्षा कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

- ADVERTISEMENT -