२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अपाङ योद्धा संगठनले प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति : २०७७ श्रावण २२ गते
- ADVERTISEMENT -

चितवन \ जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठन चितवनले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई मार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
१० वर्षे जनयुद्धमा शरीरका विभिन्न अंगहरु गुमाएर गणतन्त्र प्राप्तिका लागि लडेका व्यक्तिहरुलाई सरकारले प्रदान गरेको सेवा सुविधा कटौती गरेको भन्दै ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष कर्णबहादुर आग्री ‘करण’ले बताउनुभयो ।
ज्ञापनपत्रमा जनयुद्धका कारण नेपालको राज्यसत्ता परिवर्तन सम्भव भएको दाबी गरिएको छ भने राज्यबाट घाइतेहरुले पाउँदै आएको सेवा सुविधा कटौती नगर्न माग गरिएको छ । यसअघि ४४६ जनाले पाउँदै आएको विशेष सुविधा कटौती गरेमा आन्दोलनमा जाने अध्यक्ष आग्रीको भनाइ छ ।
कार्यक्रममा जनयुद्धका घाइते तथा नेकपा भरतपुर महानगरका सचिव ईश्वर सापकोटा, नेकपा खैरहनी नगरपालिकाका अध्यक्ष लक्ष्मी ढकाल, शहिद स्मृति प्रतिष्ठान चितवनका कोषाध्यक्ष तथा नेकपा कालिका नगर अध्यक्ष सविता लामा, पूर्वजनमुक्ति सेना नेपाल चितवनका अध्यक्ष देवीप्रसाद ढकाल, नेकपा खैरहनी नगर सहइन्चार्ज रुद्रबहादुर खड्का, जनयुद्धका पूर्वबिग्रेड सहकमाण्डर नन्दकिशोर बुढामगर, मधुर नेपाल, लोकप्रसाद भट्ट, बिमला बराइलीलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -