January 24, 2025
- ADVERTISEMENT -

सुनको मूल्य तोलामा घट्यो ६ हजार दुई सयका दरले

August 12, 2020

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ । साउन २८ गते, बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो केहि समय यता प्रतितोला एक लाख नाघेको सुनको मूल्य पुनस् ओरोलो लागेको हो । यसैगरी, चाँदीको मूल्यमा पनि बुधबार गिरावट आएको छ ।
यस दिन चाँदी तोलामा २२५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ । सुनचाँदी व्यवसायी तेज रत्न शाक्यका अनुसार रुसले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाएको खबर बाहिरिएसँगै सुनको भाउ उच्च रुपले घटेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -