April 23, 2025

चिसापद्वारा आख्यानकारद्वय पराजुली र लाठ पुरस्कृत हुँदै

August 12, 2020
- ADVERTISEMENT -

नारायणगढ / चितवन साहित्य परिषद्ले स्थापना गरेको ‘चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कार २०७६’ अाख्यानकारद्वय वसन्त पराजुली र गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।
चितवनका कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ र वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ‘अघटित’ लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ ।
परिषद्का पूर्व अध्यक्ष साहित्यकार स्व. राजकृष्ण कंडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा परिषदले वितरण गर्नेगरी स्थापना गरिएको उक्त पुरस्कारको राशि रु १५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको परिषद्ले जनाइएको छ ।
परिषदका अध्यक्ष सुरेन्द्र अस्फलको अध्यक्षतामा परिषद् भवनमा बुधबार साँझ बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’ , सुमन सौरभको लघुकथासङ्ग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूक‍ो ‘मेरो घाम’ लाई अर्पण गरिएको थियो ।
उक्त पुरस्कार मोती जयन्तीमा प्रदान गरिने नियमित कार्यक्रम भएपनि कोरना महामारीका कारण अहिले पुरस्कार घोषणा मात्र गरिएको र अवस्था अनुकूल हुनेबित्तिकै विशेष कार्यक्रमको आयोजना गरि पुरस्कार समर्पण गरिने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -