२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

२४ दिनमै आमा गुमाएका एक शिशुलाई सहयोग

प्रकाशित मिति : २०७७ श्रावण २९ गते

भुम्लिचोक / जन्मिएको २४ दिनमै आमा गुमाएका साँढे २ महिनाका शिशुका लागि नमस्ते किड्स नेपालका अध्यक्ष सगुन गुरुङले सहयोग गर्नुभएको छ ।
गोरखाको गण्डकी गाउँपालिका ६, तोमनडाँडाका साँढे २ महिने प्रेमबहादुर चेपाङ सहितका परिवारका लागि गुरुङले खाद्यान्न, लत्तकपडा, बालकलाई आवश्यक ल्याक्टोजिन लगायत सहयोग गरेको हो ।
चामल १ बोरा, नुन, खाने तेल, दाल, मसला, ल्याक्टोजिन, प्याम्पस, बच्चा र हजुरआमाको लागि लत्ता कपडा लगायत १० हजार रुपैयाँ बराबरको सहयोग गरिएको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ स्वयं सगुन गुरुङ चेपाङको घरमा पुगेर सोमबार प्रेम बहादुरका हजुरआमा चन्द्रमाया चेपाङलाई खाद्यान्न र लत्तकपडालगायत सहयोग हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं. ६ का सदस्य रेशम चेपाङ, स्थानीय युवा अगुवा रामबाबु गुरुङ, कविन गुरुङ लगायतले सहयोग गरेका थिए ।
मुटुसम्बन्धी समस्या भएका आशमाया चेपाङले गत जेठ १० गते प्रेमबहादुरलाई जन्म दिनुभएको थियो । छोरालाई जन्म दिएको २४ दिनमा असार ४ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । परिवारलाई पालनपोषण गर्न धन कमाउन गत माघमा भारत गएका प्रेमबहादुरका बुवा दलबहादुर चेपाङ घर आउन सक्नुभएको छैन । कोरोना संक्रमण, लकडाउनले सीमा क्षेत्रमा कडाई साथै भारत र नेपालमै पनि कडाईले गर्दा भारतको बैङ्लोरमा काम गर्दै आएका दलबहादुर आफ्नो श्रीमती निधन हुँदा पनि आउन सक्नुभएन ।
बुवा विदेश र आमा निधन भएपछि टुहुरिएका प्रेमबहादुर चेपाङ अहिले हजुरआमा नरबहादुर चेपाङ र हजुरआमा चन्द्रमाया चेपाङले पालानपोषण गराउँदै आउनुभएको छ । घरायसी आर्थिक अवस्था नाजुक रहेको चेपाङ परिवारलाई गण्डकी गाउँपालिकाले पनि यसअघि १० हजार रुपैयाँ सहयोग गरिसकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66