२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

नेपालीको उद्धारका लागि चार्टर उडान पुन: शुरु

प्रकाशित मिति : २०७७ श्रावण ३२ गते
file photo.

काठमाडौं / कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि चार्टर उडान पुन: शुरु भएको छ । यही साउन ३० गतेबाट विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने सरकारको निर्णयको कार्यान्वयन भएको हो ।
नेपालका दुई वायु सेवा कम्पनी- नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सहरुले नेपालीलाई स्वदेश फर्काउन चार्टर उडान गर्न लागेका हुन्।
नेपाल एयरलाइन्सले भाद्र १ गतेदेखि १५ गतेसम्म उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ भने हिमालय एयरलाइन्सले साउन ३० गते देखि भाद्र १४ गतेसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेको छ।
यसअधि सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान खोल्ने घोषणा गरेको भएपनि कोभिडको महामारी राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि भदौ १५ गतेसम्म व्यवसायिक उडान स्थगन गर्ने निर्णय गरेको थियो ।
विदेशमा अलपत्र परेका नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन् । सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ ।
तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफ्नै खर्चमा टिकट लिएर आउने छन् ।
स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार यही साउन २९ गतेसम्म विदेशबाट ५० हजार ६सय ६२ जना नेपाली स्वदेश फर्किसकेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99