२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

३९५ क्युफिट अवैध सालको गोलिया बरामद, सञ्चालक वडासदस्य सम्पर्कविहीन

प्रकाशित मिति : २०७७ भाद्र २ गते

कुरिनटार / चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको इच्छाकामना फर्निचर उद्योगबाट अवैध रुपमा काटिएको ३ सय ९५ क्युफिट सालको गोलीया काठ बरामद गरेको छ। उक्त काठ जिल्ला वन कार्यालय चितवनले आईतबार साँझ फर्निचर उद्योगबाटै बरामद गरेको हो। बरामद गरेको सम्पूणर् काठ जिल्ला वन कार्यालय चितवन लगिएको छ।
उद्योगको सञ्चालक चितवन इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडासदस्य बाबुकाजी त्रिपाठी हुन्। त्रिपाठी तात्कालिन एकृकित माओवादी (हालःनेकपा) बाट निर्वाचित भएका वडासदस्य हुन्।
सञ्चालक त्रिपाठीले उक्त काठ निजि जंगलबाट कटाएको हो। इच्छाकामना गाउँपालिका ४ का शंकर नेपालको नाममा लालपुर्जा भएको र निजि बनको रुपमा दर्ता रहेको अन्दाजी ४ कठ्ठा भित्र क्षेत्रफलमा रहेको सालको रुख हरु कटान गरि इच्छाकामना फर्निचरले निर्वाध लगि रहेको भन्ने सूचना आएपछि बन कार्यालयले निरिक्षण गर्दा अवैध रुपमा सालको रुख कटान गरिएकोले नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय चितवनले जानकारी दिएको छ।
रुख कटानी भइ काठ बिक्री बितरण हुँदै गर्दा समेत बिक्री बितरणको लागि आवस्यक कागज पत्र र प्रक्रिया नपुर्‍याएको वन कार्यालयले जनाएको छ । बिक्रेता र खरिद कर्ताले आफुलाइ प्रक्रिया बारे थाहा नभएकोले गल्ती हुन गएको स्वीकार गरेपछी वडा नम्बर ४ का वडा अध्यक्ष, वडासदस्य र स्थानियको रोहोबरमा नियन्त्रणमा लिएर कागज गराइएको छ।
तर अहिले अनुसंधान भइरहेको र नेपाल सरकारको बन ऐन २०५७ अनुरुप निजि जग्गाको साल समेत प्रक्रिया नपुर्‍याई काट्न नपाइने हुदा दोषीलाई पक्राउ गरि मुद्दा चलाउने तयारी बन कार्यालयले गरेपछि वडासदस्य सम्पर्क विहिन भएका छन्।
स्मरण रहोस् उक्त फर्निचर उद्योगका सञ्चालक बाबुकाजी त्रिपाठी पहिले पनि पटक पटक अवैध काठ कटान काण्डमा परिसकेका व्यक्ति हुन्।

–इच्छाकामना न्यूजबाट ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96