September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण

August 18, 2020

काठमाडौं / नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् ।
काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।