२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

देवघाट क्षेत्र विकासका अध्यक्षले कोरोना जिते : ‘वाफ लिएँ, बेसार पानी पिएँ’

प्रकाशित मिति : २०७७ भाद्र ४ गते

देवघाट / तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो ।
त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल बुधबार निको हुनुभएको छ । पोखरामा गरिएको स्वाब परीक्षणमा उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।कोरोनामुक्त भएपछि रासससँग कुराकानी गर्दै अध्यक्ष पौडेलले आत्मबलले कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिनुभयो ।“कोरोना सङ्क्रमण भएको दिनदेखि म घरमै छुट्टै सुरक्षित रुपमा बसिरहेको थिएँ, घरमा बस्दा खासै समस्या देखिएन”, पौडेलले भन्नुभयो, “निरन्तर स्वास्थ्यकर्मीको निगरानीमा थिएँ ।”
पौडेलले कोरोना सङ्क्रमण भए पनि औषधि भने प्रयोग नगरेको जानकारी दिनुभयो । “बाफ लिएँ कागती पानी र बेसारपानी पिएँ, नियमित भोजन ग्रहण गरँे”, उहाँले भन्नुभयो, “एक दिन सामान्य रुघा लागेको थियो तर खास समस्या भएन ।”
कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले सजग हुनुपर्ने पौडेलको सुझाव छ । “हिँडडुल गर्दा, अरुसँग उठबस गर्दा कोरोना सर्ने भएकाले भौतिक दूरी कायमै गर्नपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा बाहिर नहिँडेर घरमै बस्दा सुरक्षित हुन्छ ।”
सोही दिन कोरोना सङ्क्रमित हुनुभएका देवघाट गाउँपालिका–५ का ३० वर्षीय पुरुष पनि कोरोनामुक्त भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।
देवघाटका समुदायका दुई व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिलो चरणमा ३८ र ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये देवघाट–५ का २७ वर्षीय स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण भएको छ ।रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45