चितवन / अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, स्त्री तथा प्रसुती बिभागका बिभागिय प्रमुखलाई कोरोना भाईरसको संक्रमण देखिए संगै वन्द गरिएका सबै सेवा मध्ये दुई वटा सेवा सुचारु गरिएको छ ।
भरतपुर अस्पतलका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। जगन्नाथ तिवारीले एक सूचना जारी गर्दै अस्पतालको अर्थोपेडिक्स र मातृशिशु सेवा संञ्चालनमा ल्याईएको जानकारी दिनुभएको हो । विगत चार दिन देखि वन्द भएको ती सेवा आजबाट नियमित संञ्चालनमा ल्याईएको सुचनामा जनाईएको छ ।
तिवारीका अनुसार अर्थोपेडिक्स र मातृशिशु बिभागका अन्तरङ्ग सेवा सुरु गरिएको हो । भरतपुर अस्पताल प्रसुति सेवाका लागि मध्य क्षेत्रको महत्त्वपूर्ण अस्पतालमा चिनिएको छ । प्रसुति सेवा बन्द हुदा दैनिक दर्जनौ प्रसुति सेवाका महिला निजि अस्पतालमा जान बाध्य भएका थिए ।
यस अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका चिकित्सक र स्वास्थ्य कर्मीमा कोरोना देखिए पछि आकस्मिक सेवा वाहेक अन्य सेवा बन्द गरिएको थियो ।
अर्थोपेडिक्स र मातृशिशु सेवा संञ्चालन : भरतपुर अस्पताल
August 20, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
