January 24, 2025
- ADVERTISEMENT -

अबदेखि होटल र प्लेन टिकटको पैसा पहिले नै नत्र नेपाल आउन नपाउने

August 21, 2020

काठमाडौं / सरकारले काठमाडौं उपत्यकामा ६ देखि १० हजारको संख्यामा आइसोलेसन बेड बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी, सामुदायिक र निजी अस्पताल र आवश्यक परे होटलहरूमा समेत आइसोलेसन बेड बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
स्वास्थ्य जनशक्ति र स्वास्थ्य उपकरण समेत थप्ने निर्णय भएको छ । स्वास्थ्य उपकरणको अहिले अभाव नरहे पनि भोलि अप्ठ्यारो पर्छ कि भनेर थप्न लागिएको हो,’ ती मन्त्रीले भने, ‘जिल्ला(जिल्लामा घोषणा भएका निषेधाज्ञा प्रभावकारी बनाउने र काठमाडौंमा एकीकृत क्वारेन्टिन बनाउने भनिएको छ । त्यसका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रमुखहरूको समिति गठन भएको छ ।’
त्यस्तै सरकारले विदेशबाट फर्किनेका लागि सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।
यहाँ आएर क्वारेन्टिन राख्न समस्या भयो । त्यही भएर अब उतैबाट होटल व्यवस्था गर्नुपर्नेछ,’ ती मन्त्रीले भने, ‘जिल्लास्थित सिसिएमसीले होटलको मूल्यसूची पठाउँछ । नेपाल फर्किनेहरूले त्यसैका आधारमा होटल चयन गर्न सक्नेछन् ।’
ती मन्त्रीका अनुसार अब जहाजको टिकट र होटलको समेत रकम तिरेपछि मात्रै नेपाल आउन पाइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -