२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

थप ८३८, कुल संक्रमित ३० हजार बढी

प्रकाशित मिति : २०७७ भाद्र ५ गते
- ADVERTISEMENT -

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार २१४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५० जना उपचारपछि डिस्चार्ज भएका छन् । ५९.२ प्रतिशत संक्रमित निको भएका छन् ।
मुलुकभर १२ हजार १३२ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा १३ हजार ५७९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा १२ हजार २३४ रहेका छन् । होम आइशोलेशनमा ३ हजार ५८६ जना रहेका छन् ।

- ADVERTISEMENT -