Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा आजै थपिए १३ जना, संक्रमित पुग्यो ४६ जना

प्रकाशित मिति : २०७७ भाद्र ६ गते

चितवन / चितवनमा आज शनिबारै थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका चार जना र मकवानपुरका ९ जनासहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–१ का ४८ वर्षीय पुरुष, भरतपुर–८ का २७ वर्षीया महिला, भरतपुर–२३ का ६१ वर्षीय पुरुष र खैहरनी नगरपालिका–१२ का ३६ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै मकवानपुरको हेटौंडा–६ का चार महिला र एक पुरुष गरि ५ जना, हेटौंडा–४ का ५६ वर्षीय पुरुष, मनहरीका ६० वर्षीया महिला र लामसूर्य–९ का ३० र ६० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भदौं ४ गते गरिएको परीक्षणमा उनीहरुको नतिजा पोजिटिभ आएको हो । नयाँ ल्याबबाट परीक्षण गरिएकाले यी सबै पोजिटिभ पुष्टि भएका नमुनालाई पुनः एकपटक भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यहाँ नतिजा एउटै आएपछि चितवन मेडिकल कलेज आज औपचारिक रुपमा रिपोर्ट सार्वजनिक गरेको हो ।
अस्पतालका अध्यक्ष एवंम प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले ल्याबको विश्वसनियता चेकजाँचका लागि भरतपुर पठाइएकोमा सबैको नतिजा एउटै आएको बताए । उनले अबदेखि यहाँ परीक्षणको गरिएको नमुनाको नतिजालाई नै अन्तिम मानेर रिपोर्ट सार्वजनिक गरिने बताए ।
भदौं ४ गते कुल १३६ वटा नमुना परीक्षण गरिएकोमा १३ वटा पोजिटिभ र १२३ नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98