चितवन / चितवनमा आज शनिबारै थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका चार जना र मकवानपुरका ९ जनासहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–१ का ४८ वर्षीय पुरुष, भरतपुर–८ का २७ वर्षीया महिला, भरतपुर–२३ का ६१ वर्षीय पुरुष र खैहरनी नगरपालिका–१२ का ३६ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै मकवानपुरको हेटौंडा–६ का चार महिला र एक पुरुष गरि ५ जना, हेटौंडा–४ का ५६ वर्षीय पुरुष, मनहरीका ६० वर्षीया महिला र लामसूर्य–९ का ३० र ६० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भदौं ४ गते गरिएको परीक्षणमा उनीहरुको नतिजा पोजिटिभ आएको हो । नयाँ ल्याबबाट परीक्षण गरिएकाले यी सबै पोजिटिभ पुष्टि भएका नमुनालाई पुनः एकपटक भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यहाँ नतिजा एउटै आएपछि चितवन मेडिकल कलेज आज औपचारिक रुपमा रिपोर्ट सार्वजनिक गरेको हो ।
अस्पतालका अध्यक्ष एवंम प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले ल्याबको विश्वसनियता चेकजाँचका लागि भरतपुर पठाइएकोमा सबैको नतिजा एउटै आएको बताए । उनले अबदेखि यहाँ परीक्षणको गरिएको नमुनाको नतिजालाई नै अन्तिम मानेर रिपोर्ट सार्वजनिक गरिने बताए ।
भदौं ४ गते कुल १३६ वटा नमुना परीक्षण गरिएकोमा १३ वटा पोजिटिभ र १२३ नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
चितवनमा आजै थपिए १३ जना, संक्रमित पुग्यो ४६ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
