March 19, 2025
- ADVERTISEMENT -

वीरगन्जमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

August 23, 2020

वीरगन्ज / थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।
ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेको ती महिलामा कोरोना पाजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।
स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घन्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा शनिबार बेलुका साढे सात बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

- ADVERTISEMENT -