January 13, 2025
- ADVERTISEMENT -

चार नगरपालिकाको संयुक्त प्रयासमा आइसोलेशन निर्माण

August 24, 2020
zL/ d]df]l/on c:ktfndf tof/ kfl/Psf] cfO;f]n];g sIf ag]kf, * r}t M sf]/f]gf efO/; -sf]le8–!(_af6 k|efljt eO cfsfl:ds?kdf cfPsf] lj/fdLnfO{ tTsfn pkrf/df Nofpg zL/ d]df]l/on c:ktfn ag]kfdf tof/ u/]sf] cfO;f]n];g sIf . oxfF kfFr a]8 tof/L cj:yfdf /flvPsf] 5 . t:jL/ M k]df nfdf, /f;;

चितवन / चितवनका चार नगरपालिकाले संयुक्त रुपमा आइसोलेशन निर्माण गरेका छन । पूर्वी चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले रत्ननगर नगरपालिका ५ को टरौलीमा संयुक्त रुपमा आइसोलेशन स्थापना गरेका हुन् ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको तालिम तथा अनुसन्धान केन्द्रको भवनलाई आइसोलेशन बनाइएको रत्ननगर नगरपालिका प्रमुख नारायण बनले जानकारी दिनुभयो । तालिम केन्द्रमा ६२ शय्याको आइसोलेशन सुरु गरिएको छ । आवश्यक भए सय जनासम्म राख्न सकिने भौतिक संरचना रहेको नगरपालिका प्रमुख बनले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण भएका तर लक्षण नदेखिएकालाई यो आइसोलेशनमा राखिनेछ । चार वटा पालिकाले सञ्चालन गरेको आइसोलेशनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताउनुभयो । सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निणर्य गरेपछि लक्षण नदेखिएका सङक्रमितलाई अब अस्पतालमा भर्ना नगरि पालिकाका आइसोलेशनमा राखिने छ ।
यस्तै पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष र पीसीआर परीक्षण प्रयोगशाला स्थानपनाका लागि वाग्मती प्रदेशसँग माग गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -