भरतपुर / चितवन मेडिकल कलेज कोविड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जना कोरोना संक्रमित पुष्टि भएको छ । आज मंगलबार गरिएको परीक्षणमा चितवनका २१ सहित ३१ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका डा. नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
डा चौधरीकाअनुसार १२५ जनाको स्वाब परीक्षण गरिएकोमा ९४ जनाको नेगेटिभ आएको र ३१ जनाको भने पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेहरुमा भरतपुर वडा नं. १ का २ दुई जना, २ का २ जना, ३ का २ जना, ७ का २ जना, १० का ४ जना, ११ का २ जना, १२ का १ जना, २६ का १ जना, २९ का १ जना रहेका छन् भने रत्ननगर वडा नं. १० का १ जना, १५ का १ जना, राप्ती वडा नं. ८ का १ जना, खैरहनी ६ का १ जना संक्रमित रहेका छन् ।
त्यसैगरी हेटौंडा वडा नं. १९ का १ जना, गैंडाकोट १ का १ जना, नवलपुर कावासोती १३ का १, विनय त्रिवेणी ६ का १ जना, रोल्पा रुन्ति ५ का ३ जना, गोर्खा १० का १ जना, १३ का १ जना र पर्सा पोखरिया ९ का १ जना रहेका छन् ।
चितवनका २१ सहित ३१ जनामा देखियो कोरोना
August 25, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
