चितवन / भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीका अनुसार संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । तीमध्ये २० महिला र १६ पुरुष गरी ३६ जना रहेका छन् । पुरुषहरु ५ वर्षीय बालकदेखि ४६ वर्षीय उमेर समूहका छन् भने महिलाहरु ८ वर्षीया बालिकादेखि ५४ वर्ष सम्मका रहेको डा अधिकारीले जानकारी दिए ।
संक्रमितहरु भरतपुर वडा नं. २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडाका रहेका छन् भने पूर्वीचितवनको रत्ननगर नगरपालिकाका २५ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा रहेका छन् । उनीहरु रत्ननगर–१, ६ र १३ नम्बर वडाका हुन् । खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
यसैगरी नवलपुरका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण देखिएको हो । चितवनका मात्रै ४० जना संक्रमित थपिएसंगै चितवनमा संक्रमितको संख्या ४ सय नाघेको छ ।
- ADVERTISEMENT -
४ सय नाघ्यो, एकैदिन ४४ संक्रमित फेला
August 26, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -