March 17, 2025
- ADVERTISEMENT -

चितवनमा चेकजाँचमा कडाई गर्दै, १०३ महिलासहित ४५२ जना कारबाहीमा

August 26, 2020

चितवन । चितवनमा जारी रहेको निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउन चेकजाँचमा कडाई गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने १०३ महिलासहित ४ सय ५२ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मंगलबार बिहान ५ बजेदेखि राति ११ः३० बजेसम्म कारवाहीमा परेका र विभिन्न स्थानहरुबाट एक लाख ६० हजार ७ सय रुपैयाँ जरिवाना संकलन भएको प्रहरीले बताएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय टाँडीले १ सय जना, ईलाका प्रहरी कार्यालय रामनगरले २६ जना, वडा प्रहरी कार्यालय नारायणगढले ३० जना, ईलाका प्रहरी कार्यालय खैरेनीले ४१ जना, ईलाका प्रहरी कार्यालय चनौलीले ३ जना, प्रहरी बिट भोजाडले ६ जनालाई कारबाही गरेका छन् ।
यस्तै ईलाका प्रहरी कार्यालय दिब्यनगरले ६ जना, ईलाका प्रहरी कार्यालय मुग्लिङले १६ जना, गोन्द्राङ प्रहरीले २३ जना, बसपार्क प्रहरीले १३ जनालाई कारबाही गरेका छन् ।

- ADVERTISEMENT -