March 19, 2025
- ADVERTISEMENT -

नग्न अवस्थामा महिलाको शव फेला

August 27, 2020

गुल्मी / गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक बेवारिसे महिलाको शव फेला परेको छ ।
चन्द्रकोट गाउँपालिका ८ स्थित बाघ खोला भन्ने स्थानकी बडिगाड खोलाको बगरको बीचमा अन्दाजी ४० वर्षीय महिलाको नग्न अवस्थामा बिहीबार बिहान शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्थका अनुसार कलेजी रङ्गको ढाकाको कुर्ता लगाएकी महिलाको शव भेटिएको हो । बायाँ हातमा घडी, दायाँ हातमा चुरा लगाएकी अवस्थामा शव भेटिएको डिएसपी पन्थले बताए ।
जिल्ला समन्वय समितिका सदस्य तथा स्थानीय चेतन बस्नेतले अहिलेसम्म पहिचान गर्न नसकिएको बताए । शव फेला परेको स्थान साविक तुराङ्ग गाविस हो ।

- ADVERTISEMENT -