२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१० हजार नागरिकको पिसिआर परीक्षण निःशुल्क : सिएमसी

प्रकाशित मिति : २०७७ भाद्र १३ गते

चितवन / हरेक समयको संकटमा आफ्नो सामाजिक उत्तरदायित्व निवाह गर्दै आएको चितवन मेडिकल कलेजले अहिले पनि जनताको स्वास्थ्यमा सहयोग गर्ने भएको छ । कलेजले संञ्चालन गरेको पिसीआर प्रयोगशालामा १० हजार नमुना निःशुल्क गर्ने भएको हो ।
कलेजले स्थापना गरेको पिसीआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परिक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परिक्षणका लागि आबश्यक रिएजेन्ट उपलव्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो ।
अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘एक साता सम्म नतिजा कुर्नु पर्दा सङ्क्रमण फैलिदै गएको छ । हामी सामाजिक उत्तरदायीत्व वहन गरेर सहयोग गर्न तयार छौँ ।’ परिक्षणका लागि आबश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उहाँले आग्रह गर्नुभयो ।
सो मेडिकल कलेजले हालै मात्र रु ५ करोड भन्दा वढि खर्च गरेर उच्च स्तरको प्रयोगशाला निर्माण गरेको छ । सो प्रयोगशालाले एक दिनमा १ हजार २ सय देखि १ हजार ५ सय सम्म नमुना परिक्षण गर्नसक्छ । भरतपुर अस्पतालको प्रयोगशालाले दैनिक ५ सय सम्म परिक्षण गर्दै आएको छ । कोरोना सङ्क्रमण वढ्दै जाँदा भरतपुर अस्पतालको प्रयोगशालामा पालोमा रहेका नमुना परिक्षणका लागि सहयोग गर्न तयार रहेको न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘जनताको स्वास्थ्यमा हामी पनि जिम्मेवार छौ । पालोमा रहेका नमुना परिक्षणका लागि अनुरोध पत्र सहित आए निःशुल्क परिक्षणका लागि हामी तयार छौ ।’ अस्पतालको प्रयोगशालामा पिसीआर परिक्षणको चाप वढे पछि नतिजा आउन एक साता कुर्नु परेको हो । गएको साता चाप वढेपछि केही नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला धुलिखेल पठाईएको थियो । कलेजले भरतपुर महानगरपालिकालाई रिएजेन्ट व्यवस्थापन गरेर स्वाब परिक्षण गराउन पनि अनुरोध गरेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले कलेजको प्रस्ताव सकारात्मक रहेको भन्दै रिएजेन्टको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित माथिल्लो निकायमा छलफल भइरहेको बताउनुभयो । जिल्लामा सङ्क्रमण वढ्दै गए पछि निषेधाज्ञाको तेस्रो साता सुरु भएको छ ।
हालसम्म जिल्लामा ५ सय २४ जना सङ्क्रमित पुगेका छन् । जिल्लामा रहेका अस्पतालमा उपचार गराई रहेका ९ जनाको कोरोना संङ्क्रमणका कारण मृत्यु भई सकेको छ भने एक जनाको घरमानै मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91