चितवन / हरेक समयको संकटमा आफ्नो सामाजिक उत्तरदायित्व निवाह गर्दै आएको चितवन मेडिकल कलेजले अहिले पनि जनताको स्वास्थ्यमा सहयोग गर्ने भएको छ । कलेजले संञ्चालन गरेको पिसीआर प्रयोगशालामा १० हजार नमुना निःशुल्क गर्ने भएको हो ।
कलेजले स्थापना गरेको पिसीआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परिक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परिक्षणका लागि आबश्यक रिएजेन्ट उपलव्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो ।
अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘एक साता सम्म नतिजा कुर्नु पर्दा सङ्क्रमण फैलिदै गएको छ । हामी सामाजिक उत्तरदायीत्व वहन गरेर सहयोग गर्न तयार छौँ ।’ परिक्षणका लागि आबश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उहाँले आग्रह गर्नुभयो ।
सो मेडिकल कलेजले हालै मात्र रु ५ करोड भन्दा वढि खर्च गरेर उच्च स्तरको प्रयोगशाला निर्माण गरेको छ । सो प्रयोगशालाले एक दिनमा १ हजार २ सय देखि १ हजार ५ सय सम्म नमुना परिक्षण गर्नसक्छ । भरतपुर अस्पतालको प्रयोगशालाले दैनिक ५ सय सम्म परिक्षण गर्दै आएको छ । कोरोना सङ्क्रमण वढ्दै जाँदा भरतपुर अस्पतालको प्रयोगशालामा पालोमा रहेका नमुना परिक्षणका लागि सहयोग गर्न तयार रहेको न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘जनताको स्वास्थ्यमा हामी पनि जिम्मेवार छौ । पालोमा रहेका नमुना परिक्षणका लागि अनुरोध पत्र सहित आए निःशुल्क परिक्षणका लागि हामी तयार छौ ।’ अस्पतालको प्रयोगशालामा पिसीआर परिक्षणको चाप वढे पछि नतिजा आउन एक साता कुर्नु परेको हो । गएको साता चाप वढेपछि केही नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला धुलिखेल पठाईएको थियो । कलेजले भरतपुर महानगरपालिकालाई रिएजेन्ट व्यवस्थापन गरेर स्वाब परिक्षण गराउन पनि अनुरोध गरेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले कलेजको प्रस्ताव सकारात्मक रहेको भन्दै रिएजेन्टको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित माथिल्लो निकायमा छलफल भइरहेको बताउनुभयो । जिल्लामा सङ्क्रमण वढ्दै गए पछि निषेधाज्ञाको तेस्रो साता सुरु भएको छ ।
हालसम्म जिल्लामा ५ सय २४ जना सङ्क्रमित पुगेका छन् । जिल्लामा रहेका अस्पतालमा उपचार गराई रहेका ९ जनाको कोरोना संङ्क्रमणका कारण मृत्यु भई सकेको छ भने एक जनाको घरमानै मृत्यु भएको थियो ।
१० हजार नागरिकको पिसिआर परीक्षण निःशुल्क : सिएमसी
August 29, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
