May 18, 2024

धुलिखेलको प्रयोगशालामा चितवनका १२ जना कोरोना पुष्टि

August 29, 2020

चितवन / चितवनका थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
धुलिखेल कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३९ वटा नमुना परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनका संक्रमण पुष्टि हुनेमा सबै खैरहनी नगरपालिकाका छन् । जसमध्ये २७ देखि ६५ उमेर समूहका ९ जना पुरुष र २५, ४६ र ४९ वर्षका तीन जना महिला गरि १२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै अन्य २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर प्रयोगशालामा स्वाब थुप्रिएपछि ७५५ वटा नमुना काठमाडौं र धुलिखेल पठाईएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -