२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनकै १०२ मा सङ्क्रमण, सिएमसीमा २ को मृत्यु

प्रकाशित मिति : २०७७ भाद्र १४ गते

चितवन / चितवन जिल्लामा शनिबार हालसम्मकै बढी एक सय दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब परिक्षणमा भेटिएका ६५ जना मध्ये ६१ जना चितवनका भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै धुलिखेल पठाइएको नमुनाको परिक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन् भने भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शनिबार नै गरिएको परिक्षणमा ४३ जना मध्ये २९ जना चितवनका रहेको उहाँले जानकारी दिनुभयो ।
सूचना अधिकारी पौडेलका अनुसार जिल्लाबाट नमुना संकलन गरिएका १ सय २० जनामा संङ्क्रमण देखिएको छ भने १८ जना भने जिल्ला बाहिरका रहेको छ । जिल्लामा सङ्क्रमितको संख्या ६ सय २७ पुगेको छ । जसमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३ सय ६४ जना रहेका छन् ।
त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका ९ र इच्छाकामना गाउँपालिकाका ३ जना रहेका छन् । शनिबारै यहाँको चितवन मेडिकल कलेजमा उपचार गराई रहेका दुई जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ । जसमध्ये ४ जना चितवनका हुन् भने अन्य उपचारका लागि यहाँ आएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36